Tuesday, October 20, 2009

"उठौं देश भक्तीहरु

नेपाल आमा रोइरहेको छ
आफ्नै नालायक सन्तानबाट
लीलाम बिक्री भइरहेको छ
यत्ती र उत्ती मोल मोलाइ गर्दै
दुष्टको ताँती लाइरहेको छ
यो अप्ठयारो घडिमा
आमाको इज्जत जोगाउन
दुष्टलाई नौ डाँडा कटाउन
स्थिति सहज बनाउन
सघीयताको बिरुद्ध
उठांै देशभक्तहरु।।

न्ायाँ नेपाल भन्नेहरु
प्ुारानो नेपाल खोज्दैछन
जातजातीहरु सबैलाई
एकअर्कामा झोस्दैछन
अधिकार दिने बाहानामा
भएको पनि खोस्दैछन
यो भयाबय घडिमा
राष्ट्रिय भाबना जगाउन
फुलबारी झै सजाउन
संघीयताको बिरुद्ध
उठौ देश भक्तहरु।।

भएको सिंगो नेपाल हाम्रो
खण्ड खण्ड पार्दैछन
छेतबिक्षेत पारेपछि
अधिकार पाउँछ भन्दैछन
२१औं शत्ताब्दीको जनतालाई
प्ाशु सरह ठान्दैछन
ज्ाालसाँजीको यो घडीमा
राष्ट्रियता जोगाउन
समाबेशी नेपाल बनाउन
संघीयताको बिरुद्ध
उठांै देश भक्तहरु।।

सर्बहारा बादी भन्नेहरु
जातीय नारा घन्काउदैछन
साम्प्रदायिक दंगा भडकाउन
एक अर्कालाई सन्काउदैछन
असमान्ाता लाई मेटाउने
बगर्ाीय नारा थन्काउदैछन
आफ्नो स्वार्थ पुरा गर्न
बिदेशीलाई भन्काउदैछन
यो अनिश्ठताको घडिमा
जनतालाई सचेत बनाउन
ढोंगीलाई तह लगाउन
बर्गीय युद्ध चर्काउन
संघीयताको बिरुद्ध
उठंौ देश भक्तहरु।।
उठांै देश भक्तहरु।। हेमन्त वाईबा देहा कतार

Saturday, October 10, 2009

नेपालमा संघियता र संभाबित खतरा ॥

१। निकट भबिश्य मै निर्माण हुने संबिधानले राज्यलाई पुर्नसचना गर्नुपर्ने छ । अन्तरिम संबिधानानुसार राज्यको पुर्नसरचना संघिय स्वरुपको हुने भनिएको छ । तर संघिय स्वरुप कस्तो हुने भन्ने स्पष्ट खाका भने कसैसंग छैन । संघियतालाई दलहरुले आ आफ्नै किसिमले ब्याख्या गरिरहेका छन् । प्रमुख तीन दल काग्रेस एमाले र माओबादीले बेग्ला बेग्लै अबधारणा अगाडी सारिरहेका छन् । काग्रेसले जातीय आधारमा संघियता हुनसक्दैन भनिरहेको छ । एमाले जातीय क्षेत्रिय भाषिक र सांस्कृतिक आधारमा संघियता हुनुपर्दछ भनिरहेको छ भने माओबादी क्षेत्रिय र जातीय अत्मानिर्णयसहितको संघियता हुनुपर्दछ भनिरहेको छ। अर्कोतीर मदेशबादी दलहरु एक मदेश एक प्रदेश भनिरहेका छन् । दलहरुको यो रबैयालाई हेर्दा संबिधान निर्माणको प्रकृया यो बिषयले अबरु¢ हुनसक्ने संभाबना देखिन्छ । यदि सहमती बनेको खण्डमा पनि नेपालमा संघियता बस्तुगत आबश्यक्ता र आम नेपाली जनताको मागको कारणले नभइ बिदेशी दबाबको कारणले आएको हुनाले यसले नेपाललाई नभइ बिदेशी शक्ती खासगरी भारतीय बिस्तारबादलाई सेवा पुर् याउने निश्चित छ । तसर्थ आम नेपाली जनताले इतिहासको यो बिशेष घडीमा संघियतालाई गम्भिररुपमा लिइ अत्यन्तै सुजबुझकासाथ बिबेकपुर्ण मत सार्बजनिक गर्नुपर्ने बेला भएको छ ।२। संघियताको इतिहासलाइ हेर्दा बिश्वमा यो ब्यबस्था जहाँ लागु भएका थिए र छन त्याहाँ बिशेष त तीनवटा कारणले आबश्यक भएको देखिन्छ । १ अलग अलग राज्यहरुलाई एकठाउँमा ल्याइ शक्तीशाली राष्ट्र निर्माण गर्न । २ अलग हुन लागेको राष्ट्रलाई अलग हुनबाट बचाउन । ३ उपनिबेशबाट मुक्त हुन । तर नेपाल यी तीनैवटा कारणबाट अछुतो छ । हाम्रो इतिहास र बर्तमान साक्षि छ नेपाल छरिएर रहेको राज्य होइन । नेपाल अलग हुन लागेको राज्य पनि होइन र उपनिबेशबाट मुक्त हुनु पर्ने पनि होइन । तथ्यनुसार बरु पृथ्बीनारायण शाहाले नेपाल एकिकरण गर्ने बेलामा यो प्रणाली अपनाएको भए उपयुक्त हुनसक्दथ्यो । तर अहिलेको अबस्थामा कुनै पनि कोणबाट संघियता नेपालको आबश्यक्ता होइन भन्ने प्रमाणित हुन्छ ।३। बिश्वको संघिय ब्यबस्था लागु भएको मुलुकहरुलाई हेर्दा अर्थतन्त्र बलियो नभएको मुलुकमा यो ब्यबस्था उपयुक्त हँुदैन भन्ने देखाउछ । यो ब्यबस्था अत्यन्त खर्चालु ब्यबस्था भयकोले नेपालले यसको खर्च धान्न नसकिने कुरा प्रस्ट छ । एकात्मक राज्यलाइ बिबिन्न संघहरुमा बिभाजन गर्दा ती प्रत्येक संघमा छुट्टा छुट्टै राज्यसंँयन्त्र खडा गर्नुपर्नेहुन्छ । जहाँ बिद्यमान राज्यसँंयन्त्र जस्तै ब्यबस्थापिका कार्यपालिका र न्यायपालिका आबश्यक पर्नेछ । प्रत्येक संघमा राज्यसंयन्त्र निर्माण गर्दा नेपालको साधारण खर्च आजको भन्दा दशौगुणा बढेर ज्ाानेछ । त्यसले आज बिकासखर्चमा छुटयाउने गरेको बजेटलाई समेत साधारण खर्चमा लगाउनुपर्ने अबस्था सिर्जना हुनेछ । जसले गर्दा देशको बिकासनिर्माण अझ पछाडी धकेलिने निश्चित छ । फलस्वरुप देशमा आर्थीक संकट उत्पन्न हुनसक्दछ ।
google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);
४। संघहरु जबर्जस्ती निर्माण गर्दैमा स्वस्फुर्त साचालन हुन्छ भन्ने होइन । एउटा संघ संचालन हुनको लागि सम्बन्धित क्षेत्र राज्यकोरुपमा बिकास भएको हुनुपर्दछ । राज्य संचालनको लागि आबश्यक योग्यता र क्षमता उसँग हुन जरुरी छ । तर नेपालको बस्तुस्थिति त्यस किसिमको छैन । सिमित शहरी क्षेत्र बाहेक अधिकांश क्षेत्र पिछडिएको अबस्थामा छ । कसैलाइ डाक्टरको प्रमाणपत्र थमाउदैमा उसले बरामीको अचुक उपचार गर्छ भन्ने होइन उसमा रोग पत्ता लगाउने योग्यता र उपचार गर्न आबश्यक सामग्री हुन जरुरी छ अन्यथा बिरामी बचाउने होइन मार्ने काम मात्र हुन्छ भने झै बिना सक्षम्ाता अन्धा धुन्ध संगहरु खडा गर्दा त्याहाँ अभाब र अन्योल सिर्जना हुनसक्दछ फलस्वरुप अरुको चाकडी गर्नुपर्ने हुन्छ । अन्तत बिलय वा बिघठन अनिबार्य हुन्छ ।५। नेपाल भौगोलिकरुपमा तीन बिशेष्ता बोकेको मुलुक हो । याहाँ हिमाल पहाड र तराइ गरि तीन प्रदेश छन । यी तीन प्रदेश एकअर्कामा अन्तर सम्बन्धित रहेको छ । नेपाललाई भौगोलिकरुपमा संघिय बनाएमा पनि यसले यी अन्तरसम्बन्धलाई तोडने काम गर्नेछ । बहुजाती बहुभाषा बहुधार्मीक बहुसांस्कृतिक जस्ता नेपालको बिबिधतालाई यसबाट आघात पुर् याउने काम हुनेछ । जसले गर्दा एकातीर आपसमा घृणा र द्वन्द बढेर जानेछ भने अर्कोतिर नेपालको आपुर्ती नाका तराइबेल्ट सँग मात्र सम्बन्धित रहेकोले आयातित दैनिक उपभोग्य बस्तुहरु बिबिन्न संघहरुलाई राजस्व बुझाउदै पहाड र हिमाल सम्म जाँदा बस्तुको मुल्य आकासिन गइ आम जनतालाई जीबनयापनमा कठीनाइ उत्पन्न हुनेछ । अझ माओबादीले भनेझै आत्मानिर्नयको अधिकार सहितको जातीय संघियता लागु गर्ने हो भने नेपालको अस्तित्व नै समाप्त हुने प्रबल संभाबना देखिन्छ । यसकारण की नेपाल बहुजाती बहुधर्म बहुभाषा र बहुसस्कृती भएको मुलुक हो । तर याहाँ कुनै पनि क्षेत्रमा एक जातीको मात्र बसोबास छैन । सबैजसो ठाँउमा मिश्रीत बसोबास रहेको छ । यो अबस्थामा जातीय राज्य निर्माण गर्दा कुनै पनि जातीय राज्यमा सबै जातीहरुको बसोबास हुनेछ । सबै जातीहरुलाई आ आफ्नो राज्यमा स्थानान्तरण गर्न संभब हुनेछैन । यसो हुँदा सम्बन्धित जातीको राज्यमा अन्य जातीहरु अन्यायमा पर्नेछन । उनिहरुको भाषीक धार्मीक तथा सांस्कृतिक अधिकार माथि बिस्तारै हस्तक्षेप बढेर जानेछ । अन्य जातीहरुबाट त्यसको प्रतिकार गर्दा त्याहाँ जातीय दँगाको उदय हुनेछ । फलस्वरुप तीे श्रृखला बढ्दै जुदा अन्तत िसंगो देश नै कम्बोडिया वा सुडान बन्ने र बिकल्पमा सिक्कीकरणको प्रस्ताव स्वीकार्नुपर्ने बाध्यात्मक परिस्थिती आउन सक्दछ ।६। भारतले नेपालमाथि बिगतदेखि नै बिस्तारबादी नजर लगाउदै आएको छ । नेपालको राजनितिक अस्थिरताको फाइदा उठाउँदै सिमाक्षेत्रमा अतिक्रमण देखि लिएर राजनितिक रुपमा समेत लगातार ह्स्तक्षेप बढाउदै आइरहेको छ । अझ बिगतको सरकारले जन्मको आधारमा नागरीक्ता बितरण गरेपछि उल्लेख्य संख्यामा भारतीयहरु बैधानीकरुपमा नै नेपाली बनेर नेपाल बिरुद्ध लागि परेकाछन ।जो भारतको सशक्त हतीयार भएको छ । संघीयताले यी हतीयारलाई अरु बल पुर् याउने कुरा स्पष्ट छ ।७। नेपाल भारत बिच सुगौली सन्धि देखि बिभिन्न कालखण्डमा अनेकौ असमान सन्धिहरु भयको हुनाले नेपाल भारत प्रति आश्रीत हुनै पर्ने बाध्यात्मक अबस्था रहदै आएको छ । यस्तो अबस्थामा नेपाल सरकारले उक्त सन्धिलाइ समयसापेक्ष दुइ पक्षिय हितमा हुने गरि पुर्नआवलोकन वा खारेज गराउनु पर्दथ्यो । तर अहिले सम्मको कुनै सरकारले यो बिषयमा गम्भिर चासो देखाएको पाएन । बरु कुन कुरा गर्दा वा कुन चिज िदंदा भारतलाइ खुशी पार्न सकिन्छ अनि समर्थन प्राप्त गरि सत्तामा जान सकिन्छ वा सत्तामा टिकिरहन सकिन्छ भन्ने मनोदशालॆ ग्रस्त भइ आपसमा तीब्र प्रतीस्पर्धा गर्दै आइरहेको देखिन्छ । दलहरुको यसकिसिमको दलाली शैली वा चरित्रले संघीयतालाई नेपालको हितमा संचालन गर्न संभब हुदैन । अन्तत बिस्तारबादलाई नै मद्दत पुग्ने कुरा पनि स्वत्तसिद्ध छ ।८। नेपालको तीनतीर भारत र एकतीर चीन जस्तो बिशाल देशहरु छिमेकी छन । जो बिश्व उदयमान शक्तिहरु हुन । नेपाल दुइ देशकेा सुरक्षा कबचको रुपमा रहेको छ । संघियताको कारण भारतको नेपाल प्रति बढदो हस्तक्षेपले चीनको सुरक्षामा पनि असर पर्ने छ । त्यसकारण भारतको नेपालमाथिको बढदो हस्तक्षेप चीनलाइ सहय हुनसक्दैन । जसले गर्दा दुइ छिमेकी राष्ट्रबिच टकराव हुनसक्ने कुरालाइ पनि नकार्न मिल्दैन । त्यसो भएमा नेपाल रणभुमीको रुपमा परिणत हुनेछ ।९। अन्तमा प्रमुख दलहरुको सत्ता स्वार्थ अबसरबादी सोचजनबिरोधी कृयाकलाप र दलाली आचरणको कारणले आज राष्ट्रियता अत्यन्त संकटमा परेको छजनतन्त्र बिलाएको छ र गणतन्त्र बिचलित भएको छ । समग्रमा नेपाल असफल राष्ट्र तीर दिशाउन्मुख भएको छ । तसर्थ बिभिन्न कालखण्डमा इतीहासलाई बदल्दै आएको अजय शक्ति नेपाली जनता पुन राष्ट्रियताको रक्षा र गणतन्त्र संस्थागत कॊ निम्ति संघीयता बिरुद्धको संघर्षमा जुटनु पर्ने ऐतिहासिक आबश्यक्ता खडकेको छ । हेमन्त वाईबा (बनखु ४, काभ्रे)

Tuesday, October 6, 2009

कविता

जनतालाई झुक्याउने हतियार भो संघियता दिल्ली र वािसंटनको मतियार भो संघियता ।। स्वीटजरल्याण्डको सपना बाँड्न प्रेरणा भो संघियता दलगत स्वार्थसिद्ध गर्ने साधना भो संघियता ।। िसंगो देशलाई बिभक्त पारी शोषणको नयाँ तरिका अपनाउनलाई बाहाना भो संघियता ।। जनतालाई झुक्याउने हतियार भो संघियता दिल्ली र वािसंटनको मतियार भो संघियता ।। मजबुत हुँदै गएको शक्ति जनजातीलाई फुटाउने राम्रो खेल भो संघियता आपसमा लडाउन तयार गरेको सुनियोजित झेल भो संघियता ।। अतिबादलाई जोगाउन जनजातिलाई तह लगाउने बलियो एउटा नेल भो संघियता ।। जनतालाई झुक्याउने हतियार भो संघियता दिल्ली र वािसंटनको मतियार भो संघियता ।। राज्यपुर्नसंरचनाको नाममा जबरजस्ती थोपारियको बोझ भो संघियता सत्ताको पारखीहरुलाई कुसर्ीमा पुग्ने होड भो संघियता ।। यथार्थमा जनतालाई देखाउने दात भो संघियता बिदेशीको तालमा नाच्ने बेढङगको नाच भो संघियता ।। जनतालाई झुक्याउने हतियार भो संघियता दिल्ली र वािसंटनको मतियार भो संघियता ।। हेमन्त वाईबा