Saturday, August 22, 2009

भित्रियो संघीयता बुझ्नै नपाई - पशुपति शर्मा

भित्रियो संघीयता बुझ्नै नपाई - पशुपति शर्मा
News by- Dinesh Badhu From- Kathmandu August 22, 2009



नेपाल अहिले छिन-छिनमै भ्रमिक परिवर्तनहरुका बोलीहरुमा लोली मिसाएकै हुन्छ। हात्तीपाईले भनाउदा हिउँदे पार्टीहरुले आज एउटा कार्यक्रम तय गर्दछन् तर दिन ढल्किन नपाउदै फेरी अर्को नक्कली बोलीले जनताको आफ्नो अलिङ्गनमा पनि अर्कै बोली बोल्छन्। एकातिर देशमा आज छिन-छिनमै राजनैतिक परिवर्तन भएको छ भने अर्को तर्फ देशमा राजनैतिक बहाब संगै चोरी, डकैति, लुटपाछ, बलत्कार, अपहरण, जवरजस्ती चन्दा असुली, काटमार लगाएत पुर्वी तथा दक्षिण एसियामै आफ्नो बर्चश्व कायम गर्न खोज्ने विस्तारबादी भारतले नेपालका सिमाहरुलाई नाङ्गो रुपमा मिची रहेको छ। जसमा देशका नेता भनाउँदा हरुलाई खासै वास्ता भएको देखिदैन।
google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);
सन १९५० को मैत्री तथा शान्तिसन्धी र सन १९९० को नेपाल रभारतको संयुक्त विज्ञप्ती पछि त भारतले नेपाललाई निल्न सके निल्ने फुटाउने र तान्ने नीति अन्तरगत अग्रसर भएको पाईन्छ। तत्काल नेपालको समष्टीगत मुल्याङ्कन गर्दा र अतितको सात दलको कार्य नियाल्दा माओबादी लगायत सात दललाई आन्तरिक तथा बाह्य रुपमा सहकार्य गर्ने वातावरण बनाउनमा भारतको ठूलो हात रह्यो जसको परिणाम स्वरुप दिल्लीमा १२ बुदे सम्झौतादेखि ८ बुदे सहमतिमो सम्झौताको मार्गचित्र कोरी देशमा वेमौसमी बन्दुक उठाए, जनताले बनाएका पुल, कुलेशा भष्म पार्दै सामान्तको बिरुद्धको वन्दुकको नामबाट गरिबको कल्लेहाम गर्न पल्केको ने.क.पा. माओवादी पनि नामको शान्तिपूर्ण आन्दोलनमा आउने ऐतिहासिक काम भयो, जसको साथमा नेपाली जनताले सबै दलहरुलाई आन्दोलनमा ल्याई थोरैमा पनि २३८ बर्ष सम्म देशका गरिब जनताको रगत र पसिनाले उन्मात तानाशाही राजतन्त्रलाई घुँडा टेकाई पूँजीवादी गणतन्त्र सम्म देशमा स्थापना गर्न सफल भए नेपाली वीर जनताहरु, जुन सफलता विश्वमै चासोको बिषय बनिरहेको छ। यसको प्रभाव पनि विभिन्न देशहरुमा प्रतक्ष देखा प-यो। उदाहरणको रुपमा बङ्गलादेशलाई लिन सकिन्छ। जसपछि संविधान सभाको चुनाब सम्पन्न भयो, त्यसपछि पनि देशमा परिवर्तनका कार्यहरु नभएका होइन, हदैसम्म परिवर्तनमा कार्यहरु भैरहेका छन् तर जनताको म्यान्डेट र चाहना अनुसार कार्य हुन सकेन, जसमा जनता आफैमा क्रोधित छन्। नेपालमा कैयौं वर्षदेखि चल्दै आएको परम्परा अझै हट्न सकेको छैन। नेपकली पछौटे,सोझा जनताले आन्दोलन गर्छन्, कैयौं मर्छन्, कैयौं वेपत्ता हुन्छन्, अङ्ग-भङ्ग हुन्छन् र कुनै एक ताशाहको शाशनलाई केहि हदसम्म निष्कृय पारी निकासको निम्ती राजनैतिक दलहरुलाई सुम्पिन्छन् तर विडम्वना दलहरुले जनताको म्यान्डेट अनुसार काम गर्दैनन्, उल्टो जनताका टाउका गनि साम्राज्यबाद र बिस्तारबादलाई खुशी पारी आफ्नो सत्ता लम्व्याउने खेलमा ओतपोत हुन्छन्। तल छउन्जेल जनताको उर्लदो आवेगलाई रोक्न जनता र राष्ट्रियताको पक्षमा चर्को नारा घन्किन्छन् र बिस्तारबाद र साम्राज्यबादका बिरुद्ध विभिन्न चक्रका खौल गर्न पछि पर्दैनन्, त्यो भ्रमिक एकछिनको आवेग देखेर जनताले सत्तामा पु-याउछन् तर आखिर पछौटे जनतालाई जुन जोगी आए नि कानै चिरेको। तर अतितको परिस्थिति जस्तो नेपाल छैन, बेग्लैछ, देश संमवेदनशिल अवस्थामा पुगेको छ। एकातिर अन्तराष्ट्रिय सुपरिवेक्षणका नाममा एकिकृत माओबादीका हाथ हतियार लगाएत युद्धमा होमिएका सेनाहरु साम्राज्यबादीको हत्केलाका मुठ्ठीले कसिएका छन् भने अर्कोतिर भारतीय बिस्तारबादको उद्देश्य अनुरुप आफ्नो पार्टीको मात्र हित चाहने हात्ती पार्टीहरुले संघीयताको नामबाट देशको सार्वभौमता, अखण्डता र राष्ट्रियता माथी गम्भिर प्रश्न चिन्ह खडा गरेका छन्। स्मरण छ कि, नेपालको इतिहासमै कही कनै रुपबाट पनि संघीषताको नाम बाहिर आएको थिएन। २०६२/६३ सालको त्यो आन्दोलनमा पनि संघीयताको मुद्धा बाहिर आएको थिएन र यो संघीयता त्यो आन्दोलन र जनताको इच्छा भन्दा विपरित छ भन्ने उदाहरणा लागी तराईवासी थारुहरुको आन्दोलनलाई लिन सकिन्छ। नेपाल एक प्रकारले आफैमा अर्धऔपृनिवेशिक र अर्ध सामान्ति राज्य हो, जहाँ जनताहरु गरिबीको मारले दुई छाक टार्न र आङ छोप्ने ध्वजा लगाउन नपाई कति जनताको कल्लेआम भएको छ। जनताको चेतना स्तर न्यून छ, शिक्षाबाट वञ्चित छन्, कथित जनबादी प्रथा कायम छ, सामान्ति, जाली, फटाहा र शोसकबाट जनता पिल्सिएका छन्, लुटिएका छन्, राज्य केन्द्रमा नै सिमित रहि स्थानिय तहका गाउँ-गाउँ, कना काप्चाका जनताहरुले पाउनु पर्ने न्यूनतम सुविधाबाट पनि वञ्चित छन्। देशका राजनैतिक दलहरुले चुनाबको बेलामा मात्र यो र त्यो आश्वाशन देखाई गरिबको मजबुरीबाट फाइदा लिन, मत आफ्नो पक्षमा खसाल्न गाउँ-गाउँ पुग्छन्। चेतनाको कमि भएका जनताहरु आश्वासन कै भरमा उनीहरलाई चुनाबमा जिताएर पठाउछन्, अन्ततः भोलि उहि जसताको तस्तै? के यी विविध समस्याको समाधान संघीय राज्य बनाउनु हो? यदि साच्चै ती दलहरुले भनेझै नेपाल देश संघीयतामा गयो भने यी विविध समस्या समाधान होलान कि झनै थपिएलान्? यो मेरो र त्यो तेरो भन्ने विबादले हामी नेपाली नेपाली बिचमा बैमनस्यता बढाउला? अझ नेपालका कथित अब्बल भनाउदा राष्ट्रघाती बुझक्कडहरु त आत्म निर्णय सहितको संघीयताको वकालत गर्दै हिडीरहेका छन्। यी जटिल प्रश्नहरुको उचित उत्तर नेपालमा बिस्तारबादको उपसर्गको रुपमा स्थापना भएका नेपालका लाल भनाउदा बुझक्कड बाट आज सम्म बाहिर आउन सकेको देख्न पाइदैन।
पहिला नेपालको तराईमा आफ्नो पार्टीको आधार इलाका स्थापना गर्नको लागी र त्यहाँ गरिब अशिक्षित जनतालाई बेकुव भनाई आफ्रनो वाहुपासको आलिंगनमा कस्न संघीयताको ढोलकी निकै पिटे जसले गर्दा संघीयता भनेको के हो भन्ने सम्म बुझ्न नसकेका जनताहरुले हो साच्चिकै हाम्रो समस्याको समाधान संघीयता नै हो भन्ने भ्रममा केही हद सम्म त्यहाँका पिल्सिएका, लुटिएका, शोषिएका गरिब जनताहरु केही छिनलाई बोलीमा लोली मिसाउन थाल्दा अरु एकाद राजनैतिक दलहरु पनि आफ्नो आधार इलाका भत्किने डरमा उही संघीयता तिर कर्नाल सोझाउन वाध्य भइ समर्थन गरि अन्तरिम संविधानमा संशोधन भयो। जहाँ संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने थपिएको शब्द आज सम्म पनि असुहाउदो रुपमा थाँती नै रहे पनि कस्तो मोडलको संघीयता नेपालमा बनाउने भन्ने प्रश्नमा आफ्नो स्पष्ट खाका बाहिर ल्याई सबका सामु प्रस्तुत गर्न सकिरहेको स्थिति भने छैन, संघीयताको वकालत गर्ने कुनै पनि राजनितिक दलहरुले। बरु कोही जातियताको आधारमा त कोही क्षेत्रिएताको आधारमा उपयूक्त भनि झनै पार्टी-पार्टी बिचको निकटता टुटाई रहेकाछन्। निकै संघीयताको बकालत गर्ने नेकपा माओबादी प्रमुख सेनानी रुक्मांगत कटुवालको बिषयलाई लिई पार्टी एकिकृत माओबादीका अध्यक्ष, तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि नेकपा एमालेका माधब कुमार नेपाल प्रधान मन्त्री चुनिनु भएको छ। बिस्तारबादी भारतले यही नेपालको जलजलो मौका छोपी नेपालमा सिमाहरु मिच्ने कार्य प्रवल बनाएको छ। इनदिरा गान्धीको पाला देखिको योजना अनुसार नेपालको दक्षिणी भाग तराई लाई आफ्नो बाहुपासमा लिने वा सके नेपाललाई नै सिक्कमीकरण गर्ने नभए नेपालको दक्षिण भागलाई भए पनि आफ्नो अधिनमा लिने योजना अनुसार लागेको देखिन्छ। भारतीय परराष्ट्र मन्त्रालयको १९८० को तथ्यांक अनुसार पनि नेपालमा ३८ लाख भारतीय मूलका जनताहरु बसोवास गरिरहेकोमा २३ लाख ८७ हजार ९७३ जना भारतिय मूलका जनताले नेपालको नागरिकता लिई सकेको भन्ने तथ्यांक प्रसतुत भएको थियो भने नेपालको १९८१ को जनगणना अनुसार पनि ३ लाख ३९ हजार ३३ जना व्यक्ति भारतिय भनि स्वीकारिएको छ। दुबै देशको तथ्यांक अनुसार पनि नेपाली नागरिकता लिने भारतीय नागरिक यथार्थमा ३४ लाख ६० हजार ९ सय ३७ जना भएको पुष्टी हुन्छ।
त्यस पछि पनि सात दलको समझदारीमा कालो विधेयक पारीत गरि भारतीयलाई नेपाली नागरिकता सूम्पने काम भयो, जुन जन्मको आधारमा नागरिकता बाडिएको थियो भने त्यस भन्दा अघि कति भारतीय नागरिक नेपाल पसे भन्ने नेपाल सरकार सँग कुनै रेकर्ड छैन। भारतीय बाहेक, नेपालमा तिब्बत, भुटान श्रीलंका, पाकिस्तान, बंगलादेश लगायत देशका मानिसहरु शरणार्थी भइ बपेको कुरा सरकारले पनि बाहिर ल्यायछ।
अर्कातिर भारतले नेपालको जलश्रोतलाई ठूला- ठूला बाँध निर्माण गरी नेपालको समतल भूभाग डुवानमा पारी आफ्नो लागी पानी जम्मा गर्ने तलाउ बनाउने योजना अनुसार कर्णाली, गण्डकी, कोशी, माहाकाली आदी मार्फत गंगाको बाटो हुदै पश्चिम गुजारत, माहाराष्ट्र लगायत दक्षिणको तामिलनाडु, केराला लैजाने योजना अनरसार माहाकालीमा ३१५ मी., पश्चिम सेतीमा ९८६ मी., उपल्लो कर्णालीमा २६ण मी., कोशीमा २१५ मी. अग्ला बाँध बाँधी हिउदको समयमा समेत भारतको जन्जर मरुभूमिमा सिंचाई पु-याउने योजना रहेको छ। भारतले नेपालमा हाल सम्ममा कुनौली, वाग्मती, रसियावाला, खुर्दलोटन, महलीसागर र लक्ष्मणपुर बाँध निर्माण गरीसकेको छ। जसको निम्ती भारतले नेपालको राजनैतिक अस्थिरताको फाईदा लिदै नेपालका राजनैतिक दलहरुलाई आफ्नो वाहुपासमा पारी कालो सम्झौतामा फसाई रहेको छ भने स्वार्थी नेताहरु राष्ट्रघाती संझौतामा लाईन बद्ध उभिएका छन्।
आज नेपालको सिमानामा विस्तारबादीय भारतले ४१५ कि.मी. देखि १/२ कि.मी. को बिचमा आफ्नो सुरक्षा पोष्ट खडा गरि सयकडौं भारतीय सिमा फौजहरु नेपाललाई चुनौती दिदै परेड खेल्दछन्। रातारात नेपाली सिमा स्तम्भ जंगे पिलर गायब बनाइन्छ, सिमावासी नेपालीलाई यातना दिइन्छ, महिलाको इज्जत लुटिन्छ, धनमाल चोरिन्छ, बाल बच्चा अपहरण गरिन्छ, सिमानामा कुटि व्यवसाय गरेका नेपालीलाई धम्की दिइन्छ, आम्दामी अनि सर्वश्व हरण गरिन्छ, हत्या, हिंसा, आतंक फैलाइन्छ तर नेपालको कुटनैतिक विभाग मौन छ, सरकार मौन छ, कुनै कदम चाल्दैन बरु रातारात देश लिलामी गर्न पछि पर्दैन। के यो समस्या समाधानको उपाय संघीयता नै हो त?
हुन त युद्धकालमा भारतको निकै बिरोध गर्ने नेकपा माओबादीले पनि देशमा राजतन्त्रको अन्त लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड र अर्थमन्त्री बावुराम भट्टराईको मातहतमा पश्चिम सेती, पञ्चेश्वर, अपर कर्णालीका योजनाहरु भारतीय कम्पनिलाई सुम्पने राष्ट्रघाती काम भयो। हिजो बिस्तारबादका बिरुद्ध सुरुङ खन्ने नेकपा माओबादीलाई नेपाली जनताले शान्ति प्रकृयामा ल्याई सत्ताको बागडोर सुम्पेपछि उसको जलप लगाइएको चेहरा कत्तिको स्पष्ट देखियो भन्नेकुराको अर्को यदाहरण यसरी पनि दिन सकिन्छः पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सपथ लिए लगत्तै चीनमा भएको ओलम्पिक खेलको बिदाई समारोहमा भाग लिएर फर्कँदा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै प्रचण्डले आफ्नो पहिलो राजनैतिक भ्रमण त दिल्ली नै हुनेछ भनी दक्षिणलाई आश्वस्त पारेका थिए। यसैले एउटा आश्चार्य चकित प्रश्न उडाउछ कि हिजोको त्यो बिस्तारबादी भारत कसरी त्यति विश्वाशीलो छिमेकीमा परिणत भो भनेर?
आज नेपाली जनताले राम्ररी सोच्नु पर्ने अवस्था आएको छ राष्ट्र र राष्ट्रियताको निम्ती। देश संघीयताको नामबाट विखण्डन हुने अवस्था सृजना भइसक्यो। २०६२-६३ सालको ऐतिहासिक जनआन्दोलन बाट नेपाली जनताले २३० बर्षे रक्त पिपासु राजतन्त्रको अन्त्य गरी देशलाई संविधान सभाको चुनाब बाट नेपाल र नेपालीको हित र समुन्नतिको लागी राष्ट्रलाई अग्रगति तिर लम्काउने जिम्मा दलहरुलाई सुम्पिदिए, संभिधान सभाको चुनाब केही हद सम्म त सम्पन्न भयो, जसपछि यथासिघ्र संविधान निर्माण कार्य गर्दै देश विकाश तिर लम्कनु पर्नेमा दलहरुको अपारदर्शीताले गर्दा उल्टो देशको राष्ट्रियता, अखण्डता स्वाधिनतामा गम्भिर प्रश्न चिन्ह खडा भैरहेको छ।
दलहरुमा आ-आफ्नो विलासिता र पार्टी स्वार्थको निम्ती कुर्ची तानातान छ, भने अर्कोतिर नेपाल जस्तो पिछडिएको अर्धविकसित, अर्धऔपनिवेशिक गरिब राष्ट्रमा संघीयताको नामबाट, गरिमामय देशको अस्तित्व बिस्तारबाद अहंतामा सुम्पिदिने नाटक रचिदैछ। अब नेपाली जनताले देशको मौलीकता, राष्ट्रियताको ख्याल गर्नु पर्ने समय आएको छ। चाहे नेपालीहरु कश्मिरमा ज्यानको कसम खाई अर्कै देशको रक्षार्थ जुटेका हुन्, चाहे अरबको खाडीमा ५८ डिग्रीको तापमा काममा खटिएका कामदारहरु हुन् या विभिन्न देशका गल्ली, गेट, कोठीमा आफ्नो जीवन अर्पन पनि पछि नपर्ने गोर्खालीहरु हुन, सबैले एउटै आवाज उडाउने वेला भएको छ, नेपाल र नेपाली आमाको लागी संघीयता चाहिदैन- देश टुक्राउन पाइदैन भनि ।
pashupati sharma baglung
hal doha qatar
p h 009743209773
pashupatisj@yahoo.com
dear all
plz find out it .

संघीयता मूर्दाबाद भन्दै

यथार्थ र परतार्थको बिचमा, बुझौँ उपसर्ग
होहल्ला र कोलाहलमा होइन जीवन, बझौँ त्यसको गर्भ।
आखिर सत्य सत्य नै हो लाग्छ तितो, हामीलाई किन !
भाषणमा त स्वीजरल्याण्ड भो गरिबलाई खै के, सक्यौँ दिन !!
बिचल्लीमा बाढी पिढीत, शरणार्थी सामराज्यमा
सिमाना झन मिचिदैछ, नेता “वा” मा विस्तारबादमा
आखिर गल्ती - गल्ती नै भो, अतितको भूल चर्कदै गो।
जात, जाती, धर्म, वर्ण लिङ्ग बिभेद, निर्माणमा
संघीयता आवस्यक रे, बुझ्न आफै भ्रमणमा
केही छिन त झुट लुक्यो, आखिर सत्य बिष्फोटन भो।
अखण्डता, स्वाधीनता र राष्ट्रियतामा, जनताको चेत परस्फुटन भो।।
खबरदार ! मा जनता ओर्ले, गाउँ गाउँमा मसाल बाल्दै
जनचेतना उकास्नलाई प्रशिक्षणको, कदम चाल्दै
किसान मजदुर सर्वाहारा, हातमा हात मिलाउदै छन।
संघीयता मूर्दाबाद ! भन्दै जोडदार चिच्चाउदै छन।
संघीयता मूर्दाबाद ! भन्दै जोडदार चिच्चाउदै छन।।

पशुपति शर्मा, बाग्लुङ, हाल दोहा कतार

अध्ययन गर्ने बानी बसालौ

राजेन्द्र श्रेष्ठ डडुवा ४ रामेछाप हाल- कतार हामी आजभोली आफुलाई धेरै परिबर्त भएको ठान्दछौ किनकी हामीले सहजै रुपमा आफ्नो कमी कमजोरी स्वीकार गर्दैनौ बरु नजाने पनि जानेको छु भन्ने देखाउन हरतरहले लागि परेका हुन्छौ । मैले आफ्ना केही अनुभवहरुलाई यस पन्नामा समावेस गर्ने कोशिश गरेको छु । बिषेशत मैले यस लेखमा हाम्रा पढने लेख्ने बानीको बिषयमा छलफल गर्नेछु । हामी सबैको ध्यान पत्रपत्रिकामा जान्छ कैयन साथिहरुलाई समचारनै झर्कौ पनि लाग्न सक्छ धेरै जसो आफुले पढेर जानेर देखेर होईन अरुले भनेको भरमा त्यही सहि हो भनेर हिड्ने गर्दछ अर्थात हामी त्यसलाई कसी लगाउने कोशिष गर्दैनौ ।जब हाम्रो हातमा पत्रिका पर्छ अनि सोध्दछौ यो कहिलेको पत्रिका हो अनि फेरी सोध्छौ कति पैसा हो हुनत यि दुबैको उत्तर पत्रिकामानै लेखिएका हुन्छन तर पनि पसलेले आफ्नो व्यापारी धर्मलाई सम्झेर बताई दिन्छ । अनि पढन्त जी भन्छ पत्रिका लगेर के गर्ने पढ्ने समयनै छैन होस नलैजाऊ । उहाहरुलाई मेरो सुझाव के छ भने हरॆक व्यस्त व्यक्तिहरुको आफ्नै निजी पत्रिका हुनु पर्दछ फुस्रदिला व्यक्तिहरुले त बजार पसल साथि चउर आदि ठाउहरुमा गएर पनि अध्ययन गर्दछ तर व्यस्त व्यक्तीले पढ्ने समय भनेको कामबाट बचाएको अलिकति समय काही कसैलाई पर्खिदाको समय बस कुर्ने समय सुत्नेबेलामा निन्द्रा नलागेका जस्ता समयमा पढ्नु पर्ने हुन्छ त्यसैले उनिहरुको साथैमा आफ्नो निजी पत्रिका हुनु जरुरी छ ।
google_protectAndRun("render_ads.js::google_render_ad", google_handleError, google_render_ad);
अर्को थरीका साथिहरु जसले पत्र पत्रिका पुस्तक भन्ने किनेर पढ्ने होईन भन्ने सम्झनु हुन्छ । एउटा कान्तिपुर २ रियाल राजधनि २ रियाल हिमाल ७ रियाल नेपाल ५ रियाल आदि आदि मुल्य पर्दछ भए भरका पत्रिका किनेर पढ्यो भनेत कमाएको सबै पैसा सकिन्छ त्यसकारण यो पत्रिका किनेर पढ्ने काम बेकार हो । उहाँहरुलाई मेरो सुझाव छ तपाईहरु औषधि र पत्रिकामा खर्च भएको मत्र राम्र संग हिसाव गर्नु हुन्छ यसै गरि अरुतिर ध्यान जादैन जस्तै एक पकेट सुर्य चुरोट आठ रियाल एक पकेट गोल्डेन खैनी ३ रियाल एक बोतल लुमा १५ रियाल साथै अरु विभिन्न मादक पदार्थको मुल्यत कति हो कति कहिल्यै त्यसको हिसाव गरिन्न आफ्नो जीवनलाईनै बर्बादिको खाल्डोमा हाल्ने त्यस्ता अखाद्य बस्तुहरु किन्दा पैसाको कुनै पर्वहा हुदैन तर राम्रा ज्ञानगुन दिने पत्रपत्रिका पुस्तक लगाएत औषधि जस्ता आबश्यकिय बस्तु किन्दा मात्र पैसाको अभाव हुन्छ किन त्यसैले मेरो सुझाव के छ भने सम्पुर्ण प्रवासी मित्रहरु हाम्रो तलव थोरै छ जताततै खर्च गर्न पुग्दैन त्यसैले हरेक खर्चको हिसाव र हिसाव गरेर खर्च गर्ने बानी बसाल्नु पर्दछ । मैले प्रतेक साथिको हातहातमा पत्रिका हुन पर्छ भन्ने पक्षमा छैन तर तपाईहरु एउटा कोठामा ५ जना बस्नु हुन्छ र तपाईहरुमा पनि त्यस्ता शरिरलाई हानि गर्ने बस्तुहरु खाने बानी छ भने त्यसलाई कमि गदै र छोड्दै जानुहोस त्यसबाट कति बचत भयो त्यसको पनि हिसाव राख्नुहोस यदि हामी बिरामी भयो भने औषधि किन्ने पैसा पुग्नेछ । पत्रपत्रिका किन्दा सबै साथिले एउटै पत्रिका वा पुस्तक नकिन्नुहोस ५ जना साथिले मिलेर ५ ओटा पत्रिका किन्नुहोस सल्लाहा गरेरनै किन्दा उत्तम हुन्छ त्यसरी किन्दा तपाईको कोठामा महिना भरिको करिव सबै पत्रिका जम्मा हुनेछ । तपाईहरु मध्य कतिलाई पढ्न अल्छिलाग्न सक्छ त्यसको लागि पढ्ने सजीलो विधी यस्तो छ । हामीले जान्नु पर्छ भन्ने मान्यतालाई मनमा राखौ र ५ जना साथि मध्य एक जनाले एक पेज पढ्ने र अरुले सुन्ने केही नबुझेमा छलफल गर्ने यस्तै तरिकाले पालो पालो गरेर पढ्ने र पालोपालो गरेर सुन्ने अनि छलफलको माध्यमबाट जान्ने तरिकाले पढियो भने हामीले सजिलै संग पढ्न जान्न र बुझ्न सक्दछौ त्यसै गरि तपाईहरुले लेख रचनाहरु लेख्ने बानी पनि बसाउन सक्ने छ । आफुले लेखेको कुनै पनि लेख रचनाहरुलाई च्यातेर फाल्ने गर्नु हुँदैन नराम्रो लागेपनि त्यसलाई राखिराख्नु पर्दछ योसो गरियो भने मात्र भोलिका दिनमा राम्रो र नराम्रो छुट्याउन सजिलो पर्दछ लेख रचनाहरुलाई पत्रपत्रिकामा प्रकाशनको लागि पठाउने पनि गर्नुहोस त्यसबाट पनि तपाईको लेख रचना जाँच्न सकिन्छ । तसर्थ यस लेखको अर्थ के हो भने हामी सबैले अध्ययनलाई धेरै महत्व दिनु पर्दछ भन्ने नै हो संसारका सबै बिद्धवान लेखक वैज्ञानिक राजनिित¡य दार्शनिक सबैको इतिहाँस हेर्ने हो भने अध्ययनलाई ठुलो महत्व दिईएका पाउछौ हुनसक्छ कसैले बिद्यालय विश्वविद्यालयमा गएर ज्ञनहासिल गरेको हुन्छ भने कसैले घरैमा वा आफ्नो कामको व्यस्तता संगै ज्ञान प्रप्त गरेका हुन्छन् त्यसैले एउटा महावाणी यस्तो छ । ूपुरानो कोट लगाऊ नयाँ पुस्तक किनू - थोरो